नेपाल सुपर लिगः धनगढीलाई हराउँदै काठमाडौंले जित्याे उपाधि


काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्स फुटबल क्लबले जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई १–० गोलले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो ।

काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले २१ औँ मिनेटमा निर्णायक गोल गरे । खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

पहिलो संकरणको उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाख हात पार्यो ।यस्तै, काठमाडौंले धनगढीविरुद्ध अघिल्ला दुई भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

समूह चरणमा काठमाडौं धनगढीसँग ३-० र पहिलो क्वालिफायरमा अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया