नेपाल सुपर लिगः उपाधिको लागि काठमाडाैं रेजर्स र धनगढी एफसी भिड्दै


काठमाडाैं – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाडाैं रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

लिगमा काठमाडाैं र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाडाैंलाई २-१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाडाैंले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३-० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

समूह चरणको खेलमा पनि धनगढीले काठमाडाैंलाई ३-० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ।

धनगढीको कप्तानी किरणले र काठमाडाैंको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया