मध्यविन्दुमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक सय ६१ जना लाभान्वित


८ माघ, नवलपुर  पाल्पा नवलपुर सम्पर्क समाज (पानस) जिल्ला समितिले एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । सोमवार एक औपचारिक कार्यक्रमका बिच मध्यविन्दु माथिल्लो भिउरानमा समितिले महिलाहरूको पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

शिविरबाट एक सय ६१ जना लाभान्वित भएका छन् । जस अन्तर्गत पाठेघर सम्बन्धी १ सय २१ जना , स्तन सम्बन्धी १० जना र हाडजोर्नी सम्बन्धित ३० जना मिर्गि कुल एक सय ६१ जनाले स्वास्थ्य परीक्षण गराएको समितिले जनाएको हो । शिविरमा बिपि मेमोरियल क्यान्सर अस्पताल चितवन , कालीगण्डकी नारायणी सामुदायिक हस्पिटल कावासोती र प्रसौनी स्वास्थ्य चौकी हराबासटारको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रम पाल्पा नवलपुर सम्पर्क समाजका अध्यक्ष सीता पङेनीको सभाध्यक्षता एवम् मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्ययता रहेको थियो । यस्तै कार्यक्रममा मध्यविन्दु नगरका उपप्रमुख पुर्णकला चौधरीको विशेष र मध्यविन्दु १५ का वडाध्यक्ष यम बहादुर के.सिको आतिथ्ययता रहेको थियो ।

कार्यक्रमको सञ्चालन राजेन्द्र पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य पानसका सल्लाहकार कर्णेल धनबहादुर मास्की रानाले गर्नु भएको हो । शिविरमा .महिलाहरूको पाठेघरको मुख सम्बन्धी क्यान्सर र हाडजोर्नी तथा जनरल स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । पाल्पा नवलपुर सम्पर्क समाजको आयोजनामा भएको स्वास्थ्य शिविर विभिन्न सामाजिक संस्थाहरूको सहआयोजना रहेको थियो ।

प्रतिक्रिया