मेघौलीमा रैथाने ज्ञान उत्सव हुँदै


 ६ वैशाख ,  कुमाल जातिको सांस्कृतिक संवाद कार्यक्रमको आयोजना हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका स्थित मेघौलीमा यहीँ वैशाख ७ गते शुक्रवार रैथाने ज्ञान उत्सव कुमाल जातिको सांस्कृतिक संवाद हुन लागेको हो ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र कुमाल सेवा समाज चितवनको संयुक्त आयोजनामा हुन लागेको हो । रैथाने ज्ञान र सीपको महत्त्व अहिलेको समयमा आवश्यकता र बढ्दै गइरहेको बेला यो उत्सवले समाजमा सकारात्मक प्रभाव पार्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया