झुक्किएर डिजल र विष सेवन गर्दा नवलपुरमा दुई जना बालक विरामी


नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा करिब ३ बर्षको बालकले डिजेल सेवन गर्दा गम्भीर विरामी भएका छन् ।

सिद्रेका मनकुमारी सोमैका ३२ महिनाको छोरा सलुन सोमैले घरमा खेल्ने क्रममा डिजेल सेवन गरेको प्रहरीले जनाएको छ । विरामी बालकको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि भरतपुर पठाइएको छ ।

त्यसैगरी कावासोती ३ अठ्ठाइस विगाहामा १३ महिने मनिष सुनार विषादी सेवनबाट विरामी परेका छन् ।

शर्मिला सुनारको १३ महिनाको छोरा मनिष सुनारले घरमा खेल्ने क्रममा धानमा प्रयोग गर्ने विषादी सेवन गरी विरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनको नयाँ मेडिकल कलेज भरतपुर ल्याई उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया