गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


मध्यविन्दु (नवलपरासी), २७ चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका १० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरी माया महतोको गैँडाको आक्रमण वाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव निरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।
कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते हुनु भएको महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायव निरीक्षक पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया