मध्यविन्दुको सुनौलो भविष्य महिला समुहद्वारा प्रशंसायोग्य कार्य


चोरमारा । यहाँको एक महिला समुहले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका – ८ रानिटार रहेको सुनौलो भविष्य महिला समुहले देउसी भैलो खेलेर संकलन भएको रकम ३ वटा टोललाई १० वटा डस्टबिनमा सो रकम खर्च गरेको हो ।

तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम वनभोज लगायतका मनोरञ्जनको क्षेत्रमा खर्चिने परिपाटीको विकास भैरहेको सन्दर्भमा महिला समुहले डस्टबिन वितरण गरी रचनात्मक कार्यको थालनी गरेको छ ।

गाउँ समाजमा संस्कृति जगेर्नाको लागि खेलिएको भैलिमा उठेको रकम समाजमै उपयोग गरौ भन्ने उद्देश्यले सरसफाइमा सहयोगका लागि डस्ट्बिन वितरण गरिएको र डस्टबिनको सदुपयोग हुन्छ भन्ने कुरामा समेत आफुहरु विश्वस्त रहेको महिला समुहको अध्यक्ष विष्णु कार्की परियारले बताउनुभयो।

स्थानिय वुद्दिजिवी महिला समुहका पदाधिकारी उपस्थित रहेको कार्यक्रममा उपस्थित वडा सदस्य सन्जय पोख्रेलले महिला समुहको काम अत्यन्तै प्रशंसायोग्य भएको भन्दै अन्य आमा समूह र क्लबहरुले समेत समाजमा यस्तै रचनात्मक कार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया