कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर दुई जना मजदुरको मृत्यु


कावासोती, ३१ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्व तर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला पुरिएकोमा दुई जनाको मृत्यु भएको छ भने एक जनाको खोजी कार्य जारी रहेको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मी नगर बस्ने ५१ वर्षीय सेती राना र २६ वर्षीय तान माया गाहा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ ।

ढल निकासीको हेम पाइप राख्नको लागी बनाउँदै गरेको निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्न जाँदा तीन जना महिलाहरू पुरिएका थिए । पुरिएका मध्य दुई जनाको उद्धार गरी उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया