सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक एकतर्फी खुल्यो


हिजो शनिबार रातिदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त राजमार्गको तानसेन बुटवल सडकखण्डको तिनाउ गाउँपालिका ३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक बिन्दुको माथिबाट पहिरो खसेको थियो ।

रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हाललाई रोकिएका सवारी पास गरेर दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । पुनः पानी नपरेमा दिउँसोसम्म पूर्णरूपमा सवारी संचालन हुने प्रहरीले जनाएको छ । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेर सवारी आवागमन रोकिएको थियो । यस्तै पहिरोका कारण सिघबाबा सुरुङमागर्गको दुवैतर्फको प्रारम्भि बिन्दुका भागहरु पूर्णरुपमा भत्काएको छ ।

प्रतिक्रिया