नवलपुरका निमार्ण व्यवसायीद्धारा प्रशासनमा धर्ना


नवलपुर, पुर्वी नवलपरासीका निमार्ण व्यवसायी आन्दोलित भएका छन् । स्थानीय , प्रदेश र केन्द्र सरकारले निर्माण ब्यवसायीको रकम भुक्तानी नगरेको , उपभोक्ता समितिको नाममा साना ब्यवसायीहरुलाई काम विहिन बनाएको र मुल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका ब्यवसायीले आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको निमार्ण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।
कोरोना कहर , आर्थिक मन्दीको समयमा निमार्ण व्यवसायी धरासायी हुदै जादा समेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ । विकास निमार्णको कामको मुल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलिनमा उत्रिएको संघले जनाएको छ ।

प्रतिक्रिया