ला लिगा फुटबलः बार्सिलोना र एट्लेटिकोको खेल बराबरीमा


काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो ।

खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।

तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ । हिजो दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ । अबको खेलमा विजयी भएमा रियल शीर्ष स्थानमा पुग्नेछ ।

प्रतिक्रिया