इंग्लिस प्रिमियर लिगः चेल्सीसँग म्यानचेस्टर सिटी पराजित


काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे । सिटीका रहिम स्ट्रर्लिङले एक गोल फर्काए ।

जितसँगै चेल्सी ३५ खेलमा ६४ अंकसहित लिगको तेस्रो स्थानमा छ । उपाधि नजिक रहेको सिटी ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया