कावासोतीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला


१७ असार,

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती स्थिीत बाडखोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
साथिहरु संग पौडी खेल्ने क्रममा शनिवार साँझ देखि बेपत्ता भएका कावासोती नगरपालिका ७ का १० वर्षीय अप्सन अधिकारीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गोपाल प्रसाद चालिसले बताउनु भयो ।
“हिजो साझदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा खोलाको दलदलमा शव फेला परेको हो” उहाँले भन्नु भयो ।
बालकको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक चालिसले बताउनु भयो ।
घरदेखि पाँच सय मिटरको दुरीमा रहेको बाडखोलामा बेपत्ता भएका बालकको नेपाल प्रहरी , नेपाली सेना सँगै स्थानियको सहयोगमा खोजी कार्य भएको थियोे ।

प्रतिक्रिया