प्रदेश सरकारले दियो ताप्लेजुङलाई १५ लाखसहित स्वास्थ्य सामग्री


ताप्लेजुङ – प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले १५ लाख रुपैयाँ सहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो ।

कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ पठाएका मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईँले जानकारी दिए । स्टेन, टुलबक्सलगायत १० थान शय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाएका छन् ।

यससँगै २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँले जानकारी दिए ।

स्वास्थ्य सामग्री आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने गुरागाईँले बताए । ताप्लेजुङसहित प्रदेश नं १ का हिमाली जिल्लाका लागि पिसिआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईँले जानकारी दिए ।

प्रतिक्रिया