राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता र नामावली प्रकाशन


काठमाडौं – निर्वाचन आयोगले आज (शुक्रबार) राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारको मनोनयनका लागि समय दिएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेद्वारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ ।

माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका थिए । थापा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेर सांसद पद खाइदिएको थियो । रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । गृहमन्त्री थापालाई एमालेले उम्मेद्वार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया