आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै


काठमाडाैं – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।

चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

प्रतिक्रिया