“दलबिच फुट होइन एकताबद्ध भएर अगाडि बढ्नु पर्छ”: राजनितिक दलहरु


२८ माघ, नवलपुर ।

नवलपुरमा गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिताको रक्षा गरौँ, संघियता खारेज गरौँ भन्ने विषयकमा अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा राष्ट्रिय जनमोर्चा पार्टी नवलपुरको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा विभिन्न ठूलादल देखि साना दलका राजनैतिक व्यक्तित्वहरुको विशेष उपस्थित रहेको थियो । कार्यक्रममा बोल्ने विभिन्न राजनैतिक व्यक्तित्वहरुले विचारमा अनेकता भएपनि देश जोगाउनका लागि सम्पूर्ण राजनितिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले देशमा अस्थितरता छाएको भन्दै दलविच फुट नभइ एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् । जनता र राज्यविचको दुरी टाढिनु भनेको देशमा संकटको संकेत आएको भन्दै जनताका हितमा काम गर्नु पर्नेमा उनीहरुको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस , नेकपा एमाले, नेकपा एकृकित समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनितिक दलहरुका पदाधिकारीहरुले आआफ्ना धारण व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा नवलपुरका जिल्ला अध्यक्ष दिपक पाण्डेको सभाध्यक्ष्ता एवम् राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।

प्रतिक्रिया