निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ४४ जना लाभान्वित


२८ माघ, नवलपुर,

नवलपुरमा सञ्चालन भएको दुइ दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका २ मा सञ्चालन भएको दुइ दिने स्वास्थ्य शिविरबाट २ सय ४४ जना लाभान्वित भएका छन् । शिविरको पहिलो दिन शुक्रबार आँखाको निशुल्क परीक्षण गरिएको थियो । आँखा शिविरबाट १ सय ४८ जना लाभान्वित भएको आयोजक संस्था कानुङ भेजा प्रतिष्ठानले जनाएको छ । यस्तै दोश्रो दिन शनिबार सुगर र ब्लड प्रेसरको परिक्षणबाट ९६ जना लाभान्वित भएका छन् । आँखा शिविरमा घले आँखा उपचार केन्द्र नवलपुरका आँखा विशेषज्ञ पदम बहादुर घलेको नेतृत्वको टोलीले परीक्षण गराएको थियो भने शनिबार सुगर र ब्लड प्रेसर परिक्षणमा इन्टीग्रेडेट हस्पिटलको समन्वयमा भएको थियो । स्वास्थ्य शिविरले आँखा, सुगर तथा ब्लड प्रेसरमा समस्या देखिएकालाई निशुल्करुपमा औषधी र चस्मा समेत वितरण गरेको छ ।

प्रतिक्रिया