निर्वाचन जिताएर पठाउनुस, जनतालाई निराश पार्दिन : नेता कार्की


कावासोती । चुनाव प्रचारप्रसारको घरदैलो अभियानलाई तिब्रता दिएका नवलपुर क्षेत्र नं. २ मा  लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार रहेका विष्णु कुमार कार्कीले निर्वाचन जिताएर पठाए आफुले जनतालाई निराश नपार्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
पहाडी क्षेत्रका मतदातासँगको भेटघाट सकेर कावासोती आएका कार्कीले मंगलबार वडा नं. ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । “निर्वाचन जिताएर पठाउनुस तपाईहरुको भरोसा टुटन दिन, तपाईंहरु निराश हुनु पर्ने अवस्था आउदैन”, कार्कीले भने ।
कार्यक्रममा बोल्दै कार्कीले नमूना सदरमुकाम निर्माण, केरुङ्गेखोला तटबन्ध सहित दिगो ब्यवस्थापन, विद्युतको पहुँच नपुगेका स्थानमा विद्युतीकरण र विद्युतको क्षमता बृद्धि गर्ने प्रतिबद्धता जनाएका  छन् । त्यसै गरि कार्कीले  सुकुम्वासी र अब्यवस्थित भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएका छन् ।
प्रदेश २ क का साझा उम्मेदवार माओवादीका सोप सिर्पाली सहित घरदैलो र कोणसभामा कार्कीले कागजमा मात्र सिमित रहेको नमूना सदरमुकामको कार्यलाई मूर्त रुप दिन पनि गठबन्धनका उम्मेदवारले जित्नपर्ने जिकिर गरे ।
कार्कीले यसबाहेक यहाँका शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर बृद्धि, युवाहरुलाई उद्यमतर्फ लगाउने योजना, युवा, महिला, किशोरीलाई सुरक्षा सहितको आत्मनिर्भर बनाउन प्रभावकारी कार्यक्रम ल्याउने बताए ।

प्रतिक्रिया