मध्यविन्दु ६ मा आउदो शनिवार देखि खेल मेला सञ्चालन हुने
नवलपुरको मध्यविन्दु नगरपालिका ६ मा यहि असोज १५ गते देखी क्षितिज विकास परिषद खेल मेला २०७९ सञ्चालन हुने भएको छ ।
मध्यविन्दु नगरपालिका ६ को नव क्षितिज विकास परिसदको छैठौँ साधारण सभा र तेस्रो अबिधेश तथा हिन्दुहरुको महानचाड विजयादशमी,शुभदिपावलि तथा छटपर्वको अवसर पारी खेल मेलाको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकरी गराएको हो ।
खेलमेला असोज १५ गते देखी १७ गते ३ दिन सम्म सञ्चालन हुनेछ भने खेलमेला अन्तरगत दर्जनौ भन्दा बढि खेलहरु हुने जनाइएको छ । जसमा खुल्ला व्याटमिन्टन प्रतियोगिता , पुरुष तथा महिला रसितान प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता,ज्याब्लिन थो तथा सुटपुत खेल प्रतियोगिता,पत्नी बोकी दौडिने प्रतियोगिता,खुल्ला महिला दौड प्रतियोगिता,जेष्ठ नारिक दौड,हण्डीफोर,म्युजिकल चियर र चम्चा दौड प्रतियोगिता० गरी विभिन्न खेल संगै रक्तदान कार्यक्रमको आयोजनागर्ने संस्थाका अध्यक्ष धर्मराज लुईटेलले बातउनु भयो ।
संस्थाका अध्यक्ष लुईटेलले यस संस्थाले विगत देखीनै समाजमा हित हुने विभिन्न कार्यहरु गरदै आईरहेको जानकारी दिदै यस पट्क विभिन्न खेलका आयोजना गरिको बताउनु भयो । उहाँका अनुसार अन्य खेलहरुको आफ्नो छुट्टै महत्व रहेकोे बताउदै पत्नी बोकी दौडले सम्बन्धमा आत्मीयता ल्याउने र जेष्ठ नारिकहरुलाई सम्मान स्वरुप बिशेष खाजा निशुल्क प्रदान गर्ने कार्यक्रम गरी संमग्रमा सबै वर्ग, समुहलाई समेटेर कार्यक्रम गरेको हुदा समाजमा सकरात्मक सोचको विकास हुर्ने बताउनु भयो ।
खुल्ला व्याटमिन्टन प्रतियोगितालाई समुह क,ख गरी छुट्एको छ । क अन्र्तगत दर्ता शुल्क १ हजार २ सय ५० जस्मा प्रथम हुनेलाई नगत रु १० हजार र दितीय हुनेलाई ५ हजार, ख अन्तरगत प्रथम हुनेलाई नगत रु ९ हजार र दितीय हुनेलाई ४ हजार खेल १५ गते हुने छ ।
पुरुष तथा महिला रसितान प्रतियोगिता असोज १७ गते सञ्चालन हुनेछ । पुरुषलाई दर्ता शुल्क १ हजार, प्रतियोगितामा प्रथम हुनेलाई नगत रु १० हजार वा १ खसि महिलालार्ई दर्ता शुल्क ५ सय प्रतियोगितामा प्रथम हुनेलाई नगत रु ४ हजार ५ सय वा ३ ओटा भाले हाँस प्रदान गरिने छ समुहमा ५ जना सहभागी हुन पाउर्ने छन् ।
खुल्ला नृत्य प्रतियोगिता असोज १५ गते दर्ता शुल्क २ सय ५० रहेको छ । प्रथम हुनेलाई २ हजार र दितीय हुनेलाई १ हजार छुटएको छ । ज्याब्लिन थो तथा सुटपुत खेल प्रतियोगिता असोज १६ गते हुने छ । दर्ता शुल्क रु ५० रहेको छ भने प्रथम हुनेलाई १ हजार र दितीय हुनेलाई ७ सय
त्यस्तै पत्नी बोकी दौडिने प्रतियोगितामा दर्ता शुल्क १ सय जस्मा प्रथम हुनेलाई १ हजार ५ सय र दितीय हुनेलाई १ हजार रहेको छ भने प्रतियोगीता असोज १६ गते हुनेछ ।
खुल्ला महिला दैड प्रतियोगितामा दर्ता शुल्क ५० रहेको छ भने प्रथम हुनेलाई १ हजार र दितीय हुनेलाई ५ सय रहेको छ १६ गते पतियोगिता हुनेछ । हण्डीफोर,म्युजिकल चियर र चम्चा दौड प्रतियोगिताको १ हजार रहेको छ भने दितिय हुनेले ५ सय प्राप्त गर्ने छन् । असोज १७ गते खेल हुने छ र जेष्ठ नारिक दौड महिला पुरुष दुबैमा प्रथम हुनेलाई १ हजार र दितीयलाई ५ सय रहेको छ ।