विदेशी प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्नेमाथि कारबाही गर्नेः गृह मन्त्रालय


काठमाडौँ– मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी, गर्ने जुलस निकाल्ने र प्रदर्शन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएकाे हाे । हालका दिनहरुमा दार्चुला प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेको छ ।

मन्त्रालयले नेपालले सबै मित्रराष्ट्रहरुसँग पारस्पिारिक सम्बन्ध कायम राख्न चाहेको भन्दै नेपाली भूमिमा कुनै पनि मित्रराष्ट्र विरुद्धका गतिविधि हुन नदिने जनाएको छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्दै आएको भन्दै भविष्यमा पनि कूटनीतिक माध्यमबाटै समस्या समाधान गरिने बताएको छ ।

 

प्रतिक्रिया