प्रधानमन्त्रीलाई राखेप कर्मचारी संघकाे ज्ञापनपत्र


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले आफ्ना समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले शुक्रबार बालुवाटरमा खेलकुद परिषद, खेल क्षेत्रमा रहेका विकृति र विसंगति तथा कर्मचारीका हकहितका विषय समेटेर परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लामो समयदेखि बढुवा नभएको, करार व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रक्रिया थाल्नुपर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाइएकोमा समायोजन गर्नुपर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारीसरह नै ५ प्रतिशत मात्रै कट्टा गर्नुपर्ने र निजामती कर्मचारी सरह नै सेवा तथा सुविधा प्राप्त गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

राखेपमा कार्यरत कर्मचारीहरुको २०६३ सालदेखि बढुवा प्रक्रिया रोकिएको छ । २०६१ सालदेखि स्थायी पदपूर्ति गरिएको छैन । व्यवस्थापनले भित्रभित्रै मनोमानी ढंगबाट आफ्ना मान्छे करारमा नियुक्त गरेको संघले जनाएको छ ।

प्रतिक्रिया