गौरीशंकर सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न 


हुप्सेकोट, १४ भदौ, गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि.हुप्सेकोट गाउँपालिका ३ गिरुवारी को स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शुक्रवार सम्पन्न रक्तदान कार्यक्रममा ८ जना महिला र ४२ जना पुरुष गरी ५० जनाले रक्तदान गरेको नरेश गोदार क्षेत्रीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु रानाले गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाले स्थानीय जनताको मन जितेर काम गरिरहेको बताउनु भयो । आर्थिक तथा संस्थागत क्रियाकलापमा पारदर्शिता अपनाउँदै सहकारी दिन प्रतिदिन जनअपेक्षा अनुसारका गतिविधिहरू सञ्चालन गरेकोमा वडा अध्यक्ष रानाले संस्थालाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष प्रकाशचन्द्र वाग्लेले समुदायको हितका लागि सहकारी संस्था अगाडि बढेको बताउनु भयो । सहकारीको सिद्धान्त र उद्देश्य अनुरूप गतिविधिहरू सञ्चालन गर्दै आगामी दिनमा पनि रचनात्मक कामहरू गर्ने अध्यक्ष वाग्लेले बताउनु भयो ।
रक्तदान कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समितिका सदस्य, सेयर सदस्य, कर्मचारी सहित स्थानीयको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी कावासोती उप–शाखाले उपलब्ध गराएको थियो ।

प्रतिक्रिया