पहिरोले अवरुद्ध भएको कालीगण्डकी कोरिडोर सुचारु


नवलपरासी, ४ भदौ,
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी कोरिडोर सुचारु भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा अवरुद्ध भएको सडक पहिरो पन्छाए पछि सुचारु भएको हो ।
मङ्गलवार बिहान पहिरो जाँदा पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग साँझ देखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।
लगातारको वर्षाले पहिरो हटाउन समस्या भए पछि वर्षा रोकिए पछि मात्र सडक मर्मत कार्य सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सुचारु भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी गन्तव्य तर्फ लागेका छन् ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गए राति देखि अत्यधिक वर्ष भएको थियो । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका राजमार्ग समेत जलमग्न भएका थिए ।

प्रतिक्रिया