विनयी त्रिवेणी ७ मा हजार दिनका आमाहरुलाई पोषिलो झोला विरतण


१३ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ मा हजार दिनका आमाहरुलाई ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम सञ्चालन गरिएको छ । वडा नम्वर ७ भित्रका गर्भवती एवं सुत्केरी (सुनौलो हजार दिन) महिलाहरुलाई पोषिलो खाना सहितको झोला वितरण गरिएको हो ।


विनयी त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको पोषिलो खाना वितरण कार्यक्रम अन्तर्गत छुटेका थप ६५ जना महिलाहरुलाई समेत समावेश गरि सुत्केरी आमा पोषिलो खाना कार्यक्रम वडामा सम्पन्न गरिएको वडा अध्यक्ष उमेश कार्कीले बताउनु भयो ।
वडा भित्रका हजार दिनका आमाहरुलाई आवश्यक पोषण युक्त खाना सहितको झोला वितरण गर्नुका साथै पोषण युक्त खाना बनाउने तरीका सिकाइएको वडा सदस्य शोभा क्षेत्रीले बताउनु भयो ।


विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ ले आफ्नो वडा क्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी स्वास्थ्य केन्द्र मार्फत नियमित स्वस्थ्य परिक्षणका साथै आवश्यक परामर्श समेत दिने गरिएको वडा सदस्य क्षेत्रीले जानकारी दिनु भयो ।
यस कार्यक्रमबाट विपन्न समुदायका आमाहरु धेरै लाभान्वित भएको क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार यस कार्यक्रमले आमालाई पोषिलो खाना उपलब्ध हुने जसका कारण बच्चाको पनि पोषणमा सहयोग पुग्ने देखिएको छ ।

Exif_JPEG_420

प्रतिक्रिया