प्रतिवद्धता पुरा गर्न इमान्दारिताका साथ अघि बढ्छु ः विनोद चौधरी


नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद विनोद चौधरीले प्रतिवद्धता पुरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनु भएको छ । बर्दघाटमा आयोजित विजयी र्याली कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिद्ध भएर लाग्ने बताउनु भयो ।
जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उनको भनाइ थियो । ‘चुनावको समयमा मतदातासँग गरेको प्रतिवद्धता पुरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिवद्धतालाई केबल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न, चौधरीले भन्नु भयो ‘जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खट्ने प्रतिवद्धता व्यक्त गर्छु ।’
अमुल्य मत दिएर आफूलाई निर्वाचित गराउने मतदातालाई उहाँले धन्यवाद समेत व्यक्त गर्नु भयो । मतदाताको मतको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षमा रुपमा नलिई नवलरासीकोे समस्यालाई समाधानमा अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । “यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको रोग, भोक, गरिवी हाम्रो विरोधी हुनेछन् । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौं ।”

(रासस)

प्रतिक्रिया