चर्चामा सामन्थाः नागासँग अलग्गिए लगत्तै आइटम नृत्य गर्ने निर्णय


मुम्बई – दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुको वैवाहिक सम्बन्ध टुंगिएको खबर सार्वजनिक भएकाे छ । ‘द फेमिली मेन’ अभिनेत्री सामन्था र ‘लाल सिंह चड्डा’ अभिनेता नागाले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याउदा त्यसको कारणबारे आ-आफ्नै अड्कलबाजी भएका थिए ।

सम्बन्धविच्छेदपछि सामन्थाले अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा’मा आइटम गीतमा नाँच्ने निर्णय लिएकी छन् । फिल्ममा आइटम नृत्य गर्ने निर्णय सामन्थाले नागासँग अलग्गिएपछि लिएकी हुन् ।

सामन्था निकट स्रोतका अनुसार नागा रुढीवादी व्यक्ति भएकाले सामन्थामाथि उनले कैयौं प्रतिबन्ध लगाएका थिए । त्यही कारण सामन्थाले विवाहपछि कुनै पनि फिल्ममा आइटम नृत्य गरेकी थिइनन् । उनलाई अन्य फिल्ममा अभिनयका लागि पनि नागासँग अनुमति लिनुपर्ने नियम रहेको सामन्थाको स्रोतले उल्लेख गरेको छ ।

सामन्था अहिले सामाजिक सञ्जालमा ट्रेण्ड बनिरहेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले नागामाथि पुरानो सोचको मानिस भएको आरोप लगाएका छन् । नागा र सामन्थाले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरुले यसै वर्षको अक्टोबर २ मा सम्बन्धविच्छेद गरेका हुन् ।

प्रतिक्रिया