गैँडाकोटमा अटो दुर्घटना हुँदा ५ जना घाइते


गैँडाकोट (नवलपरासी), २१ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका–२ एस पी एम टोल स्थित भित्री सडक खण्डमा रोकी राखेको बा.प्र. ३–००१ क ०९५५ नम्बर को खाली टेलरमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा.प्र.३–००१ ह १२३२ नम्बर को अटो ठक्कर खादा अटोमा सवार पाँच जना यात्रु घाइते भएका हुन ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायव निरीक्षक लेखनाथ सिग्देलका अनुसार दुर्घटनामा परि अटो चालक गैँडाकोट–६ का ४२ वर्षीय सूर्य बहादुर तामाङ, सोही स्थानका १७ वर्षीय सविना गुरुङ, चितवन भरतपुर महानगरपालिका–१ का ७८ वर्षीय डम्मर बहादुर गुरुङ, सोही स्थानका ६० वर्षीय गौरीमाया गुरुङ र गैँडाकोटका १३ वर्षीय कुशल गुरुङ घाइते भएका हुन् ।
घाइते मध्य अटो चालक सूर्य बहादुरको नयाँ मेडिकल कलेज र अन्य घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया