असल मान्छे राजनीतिमा नआए खराब व्यक्तिबाट शासित हुन पर्छ : केन्द्रिय सदस्य ढुंगाना


कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुङ्गानाले पढेका र असल मान्छेले राजनीति नगरे खराब व्यक्तिबाट शासित हुनु पर्ने भन्दै युवा पुस्तालाई राजनीतिमा आउन सुझाव दिएका छ्न ।

नेविसंघ मध्यविन्दु नगरकार्यसमितिले शनिबार आयोजना गरेको एसईई र कक्षा १२ उतिर्ण विद्यार्थीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य ढुङ्गानाले पछिल्लो समय युवा पुस्ता राजनीतिलाई फोहोरी खेल भन्दै राजनीतिबाट टाढा हुदै जाँदा खराब आचरण भएका राजनीतिमा आउने क्रम बढेको र यसले भविष्यमा खराब व्यक्तिबाट शासित हुनु पर्ने खतरा बढेकाले अहिलेका युवालाई राजनीतिमा आउन ढुङ्गानाले सुझाव दिएका हुन ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका अध्यक्ष ओम थापा, नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्यहरु अशोक बस्ताकोटी, ओमकुमारी महतो, नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे, सचिब महेन्द्र पोख्रेल, महाधिवेशन प्रतिनिधि शंकर तिवारी, नेविसंघ केन्द्रिय सदस्य आदर्श मल्ल, नेपाली कांग्रेस नगर सभापती दोमन भण्डारी, नेविसंघ जिल्ला सभापति हरि सुवेदी लगाएतकाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा मध्यविन्दु नगरभित्रका एसईई र कक्षा १२ उतिर्ण ३ सय १० जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया