त्रिवेणीमा निर्माणाधीन सेफ्टी ट्याङ्की भित्र बेहोस भई तीन जनाको मृत्यु


मध्यविन्दु(नवलपरासी), १४ भदौ ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका ७ रानिनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्की भित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसारका विनयी त्रिवेणी गाउँपालिका ७ स्थानीय ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजाको बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको हो ।
सेफ्टी टङ्की भित्र तीन जना बेहोस भई लडी रहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन । मृतक मध्य दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान भई रहको जनाइएको छ ।

 

प्रतिक्रिया