लागू पदार्थ दुर्व्यसन रोक्न सबै युवा एक हुने कावासोती ६ का युवाहरूको प्रतिबद्धता 


कावासोती,२८ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ विष्णुनगरका युवाहरू समाजमा लागु पदार्थ दुर्व्यसन रोक्नका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
कावासोती नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको लागु पदार्थ दुर्व्यसन विरुद्ध तथा मनोपरामर्श सम्बन्धी सचेतना कार्यक्रममा सहभागी युवाहरू दुर्व्यसन रोक्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । कावासोती ६ ले दुई चरणमा गरेर लागु पदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिएको कावासोती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष यम बहादुर थापाले बताउनु भयो ।
दुई चरणमा गरेर वडा भित्रका १० वर्ष देखि २५ वर्ष उमेर समूहका एक सय ५० जना भन्दा बढी युवाहरू सहभागी भएको अध्यक्ष थापाले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले युवा तथा किशोर किशोरीहरू कुनै पनि कुलतमा नफसुन् र सही मार्गमा अघि बढुन् भन्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता भूपेन्द्र खनाल , जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगर, मनोपरामर्शदाता विमला श्रेष्ठले विभिन्न विषयमा सहजिकरण गर्नु भएको  थियो । कार्यक्रममा बालविवाह ,बाल अधिकार ,लागू पदार्थ दुर्व्यसन लगायतका विषयमा सचेतना मुलुक जानकारी प्रदान गरिनुका साथै मनोपरार्श सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा समाजसेवि हुमनाथ सुवेदी सहित वडा सदस्ययहरु देवीलाल चापागाईँ, युवराज गैह्र ,सविता सुनार सहित वडा सचिव धना ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया