हुप्सेकोटमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन र सरसफाइ गरिने
हुप्सेकोट, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष पूर्ण सिं राना मगरको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, दीप प्रज्वलन, शहीदहरू प्रति श्रद्धासुमन अर्पण र ब्याडमिन्टन खेल लगाएतका कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
दिवसको अवसरमा गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक निकायका कार्यालय एवम् शैक्षिक तथा सामुदायिक संघ संस्थाहरूमा राष्ट्रिय झण्डा एवं दिवस केन्द्रित व्यानर सजाई कार्यालय र परिसर सरसफाइ गर्ने निर्णय गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो । त्यसैगरी गाउँपालिका भित्रका सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा असोज २,३ र ४ गते साँझ दीप प्रज्वलन गर्ने, असोज ३ गते घर,टोल एवम् सार्वजनिक स्थलहरूमा दीप प्रज्वलन गर्ने, असोजको २,३ र ४ गते गाउँपालिका क्षेत्र भित्रका मठ–मन्दिर, बुद्ध–विहार, चर्च लगायत धार्मिक स्थलहरूमा राष्ट्र राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरूको आत्माको चिरशान्तिको कामना सहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गर्ने व्यवस्था मिलाउने र असोज ३ गते जनप्रतिनिधि र कर्मचारीहरूको प्रतियोगितात्मक ब्याडमिन्टन खेल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रसाशकीय अधिकृत घिमिरेले बताउनु भयो ।