कार्की भन्छन् : काम गर्ने ब्यक्तिलाई जिताउनुहोस


पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार  बिष्णु कुमार कार्कीले काम गर्ने ब्यक्तिलाई जिताएर पठाउन आग्रह गरेका छन् । बुधवार कावासोती नगरपालिका १५ का बिभिन्न स्थानमा भएको मतदाता भेटघाट  एवम् काेण सभामा लाई सम्बोधन गदै उनले यस्तो बताएका हुन ।
‘बिगतमा नेकपा एमालेले लामाे समयदेखि जितेकाे यस क्षेत्र  गएकाे ५ बर्षमा कुनै पनि बिकास निर्माणको  आधार निर्माण गरेका छैनन्” । उनले भने , “गफ मात्र गर्ने भन्दा पनि काम गर्ने ब्यक्ति लाई बिजयी  गराएर संसदमा पठाउनुहाेस ।”
उनले यस क्षेत्रमा जनताका आधारभुत बिषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य क्रमश गदै जाने प्रतिवद्धता जनाए ।
यस क्षेत्रमा राष्ट्रिय निकुञ्जबाट आएका जंगली जनावरले  जनजिबनमा पारेकाे समस्याको समाधानका लागी आफुले दिर्घकालिन योजना बनाएको बताए ।
उनले नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाए ।  गठबन्धनबाट जितेका उम्मेदवारले विकास र समृद्धिलाई केन्द्रमा राख्ने हुँदा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया