हुप्सेकोट गाउँपालिकाको कार्यपालिकाले पूर्णता पायो


नवलपुरको हुप्सेकोट गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । नेपाली कांग्रेसका ६ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ विनीसरा ढेगा मगर, तुली सरा सोमै, रेवती सारु, उर्मीला महतो, तथा दलित वा अल्पसंख्यकतर्फ केमान सिं कामी र मोतीलाल कुमाल निर्विरोध निर्वाचित भएका हुन् ।

हुप्सेकोट गाउँपालिकामा वडा नम्वर २ वाट एक जना वडा सदस्य मात्र एमालेका प्रतिनिधी विजयी भएका छन् भने अन्य सवै पदमा नेपाली काग्रेंसका प्रतिनिधीहरु विजयी भएका थिए । नेपाली काग्रेसको पुर्ण बहुमत भए पछि कार्यपालिका सदस्यको निर्वाचनमा अन्य दलले उमेद्वारी दर्ता नगराएका हुन् । गाउँपालिका अध्यक्षमा लक्ष्मी देवी पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया