खोलामा गिट्टी कुटी घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु


ओखलढुंगा – सिद्धिचरण नगरपालिका-७ गुन्जा बस्ने ४५ वर्षीया कामी डोमा शेर्पाको सोही ठाउँस्थित सिरु भीरबट लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका-२ लिपे खोलामा गिट्टी कुटी घर फर्कने क्रममा उक्त भीरबाट लडेर करिब २० मिटर तल खस्दा उनको मृत्य भएको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया