कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने


काठमाडौं- सरकारले कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ। जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १२ विद्यार्थीलाई खोप दिन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै बाँकी खोप कक्षा १२ का विद्यार्थीलाई लगाइने जानकारी दिए।

उनले भने,‘ कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा वितरण गरिसकिएकोले बाँकी खोप कक्षा १२का विद्यार्थीलाई दुबै मात्रा दिन पुग्ने भएकाले चाँडै विद्यार्थी लक्षित कोभिड खोप कार्यक्रम संचालन गर्न लागेका छौँ।’

कोरोना संक्रमणका कारण गत साउन ३१ गतेदेखि संचालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो।

यसैसन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना प्रकाशित गर्दै कक्षा १२ को परीक्षा संचालन गर्नुपूर्व परीक्षामा सहभागी हुने १८ वर्षभन्दा माथिका विद्यार्थीहरुलाई पायक पर्ने खोप केन्द्रमा प्रवेशपत्र सहित उपस्थित भई खाप लगाउन अनुरोध गरेको छ।

बोर्डले विद्यालयका प्राधानाध्यापक, सम्बन्धि विद्यार्थीका अभिभावक एमव् सरोकारवाला व्यक्तिहरुलाई विद्यार्थीलाई खोप लगाउने कार्यमा सरिक हुन लगाई सहयोग गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया