मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित


कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ । प्रिन्सिपल एसोसियशन नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय तहलाई उत्कृट स्थानीय तहको अवार्ड प्रदान गरेको हो ।

शनिबार काठमाण्डौंमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले उत्कृष्ट शैक्षिक पालिकाको अवार्ड ग्रहण गर्नुभयो । उपसभामुख इन्दिरा रानाले नगरप्रमुख अधिकारीलाई उक्त अवार्ड प्रदान गर्नुभयो ।

लामो समय देखि शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालिन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम, सूचना तथा प्रविधि, सुशासनको आधारमा विभिन्न सात वटा स्थानीय तह उत्कृष्ट पालिका पुरस्कारको लागि छनोट भएको हो ।

प्रतिक्रिया