महिलालाई खुल्ला रूपमा अगाडि बढाउन आवश्यक : मन्त्री चौधरी


कावासोती, जेठ २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अझै पनि महिलाहरू समान अवसरबाट वञ्चित भइरहेको बताउनुभयो । माथिल्लो तहको निर्णायक रूपमा महिलालाई अवसर दिन हिचकिचाउने परिपाटीको अन्त्य नभएकाले अब महिला आफैँ जागरुप हुने समय आएको बताउनुभयो ।

मङ्गलबार नवलपुरको कावासोतीमा एक महिने ब्युटिसियन तालिमको समापन समारोहमा आउनुभएका मन्त्री चौधरीले हरेक तह र तप्कामा पुरुषको जति भूमिका रहन्छ, महिलाको पनि उत्तिकै रहने भन्दै महिलालाई कोटा निर्धारण गरेर नभई खुल्ला रूपमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

एकाइसौँ शताब्दी आइसक्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा केही फरक आएको भए पनि पदीय जिम्मेवारी दिन रोक लगाउने प्रवृत्ति हट्न नसकेको जिकिर गर्नुभयो । विविध कारणबाट अझै पनि ८० प्रतिशत महिला हिंसामा पर्ने गरेको तथ्याङ्क रहेकाले महिलालाई घरायसी कामकाजभन्दा पनि उद्यमशीलता तर्फ प्रेरित गर्नुपर्ने उहाँको धारणा छ । महिला आफैँ उद्यमी बन्न सके घरेलुहिंसा कम हुने विश्वास व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारमा गएका घरपरिवारका महिला दिदीबहिनीलाई उद्यमशीलता विकासका लागि प्रदान गरिएको एक महिने ब्युटिसियन तालिममा सिकेका सिपलाई व्यवहारमा उर्तान सके महिला अपहेलित हुन नपर्ने साथै परनिर्भरता हट्ने हुदा मन्त्रालयबाट पनि महिलाका लागि सीप युतm तालिम दिने बताउनुभयो ।

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको एक महिने ब्युटिसियन तालिममा सहभागी महिलाहरूले आफूले लिएको सीप व्यवहारमा उत्ताने बताएका छन् । ब्युटिसियन भन्ने बित्तिकै क्षणिक राम्रो बनाउने पेसा हो भनेर समाजमा हेर्ने गरेको भए पनि यसबाट महिला आफैँ उद्यमी बन्न सक्ने हुनाले यस्ता तालिम अन्य समयमा पनि सञ्चालन गर्नुपर्ने तालिममा सहभागी खगिसरा लामिछानेले बताउनु यो ।

रिटर्नी माइग्रेट नेपाल प्रवासीबाट आर्जित सीप, ज्ञान  र पुजी स्वदेशका लागि भनेर नवलपुरको कावासोतीमा २०७५ सालमा स्थापना भएको थियो । त्यसअवधिबाट महिला तथा पुरुषका लागि विभिन्न सीप सिकाउन लागिपरेको रिटर्नी माइग्रेट नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र नारायण थनेतले बताउनुभयो ।

प्रतिक्रिया