कोरियामा सुतेकै अवस्थामा कावासोतीका युवाको मृत्यु


कावासोती , २ चैत ,
दक्षिण कोरियामा कार्यरत नवलपरासी(बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका ६ का एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
विगत छ वर्षदेखि कोरियामा कार्यरत कावासोती नगरपालिका-६ विष्णुनगरका ३३ वर्षका मणिप्रसाद भुसालको गत फागुन २४ गते सुतेकै अवस्थामा मृत्यु भएको हो । दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत रहनु भएका भुसाल  ७० दिन अगाडि देखि कम्पनी परिवर्तन गर्नका लागि काम छोडेर होटेल मा बसिरहनु भएको अवस्थामा हृदय घात का कारण मृत्यु भएको दाजु दीपक भुसालले बताउनु भयो ।
मृतक मणिप्रसाद भुसालको शव गए राति नेपाल ल्याइ आज परिवारले बुझेको परिवारले बताएका छन् ।
मृतक भुसालको घरमा श्रीमती एक छोरी सहित बाबु आमा रहेका छन् ।

प्रतिक्रिया