त्रिबेणी धाममा माघे औंसी मेला, श्रद्धालुहरुको घुईचोँ
नवलपरासी, २६ माघ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को पवित्र धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा माघे औसीको स्नन गर्न हजारौ श्रद्धालुको घुईचाँे लागेको छ ।
माघे आँैसि शुक्रवार भएपनि केहि दिन अगाडी देखिनै त्रिवेणीधाममा श्रद्धालुहरुको चहलपहल बढेको थियो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको बिहार तथा उत्तर प्रदेश बाट आएका भक्तजनहरूको त्रिवेणी धाममा भिड लागेको छ । हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे औँसीको दिन नवलपरासी(बर्दघाट सुस्तापर्व)को विनयी त्रिवेणी गाँउपालिका–६ मा पर्ने त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरे पश्चात सुर्यको अराधना गरेमा चिताएका मनोकामना पुरा हुने विश्वास जनमानसमा रहेको छ ।
मेला व्यवस्थीत बनाउन विभिन्न उपसमिति गठन गरेर व्यवस्थापनको काम गरिएको विनयी त्रिवेणी गाउपालिका वडा न ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले बताउनु भयो ।
“स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीका घाटहरु स्नानका लागि व्यवस्थित बनाईको छ”वडा अध्यक्ष शाहले भन्नु भयो “नारायणी नदीमा डुंगा तरेर चितवन निकुन्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।”
मेलाको भिडभाडमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दे सुरक्षाकर्मिको सङख्या पनि बढाईएको छ भने उद्धारका लागी शसस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ । माघे आँैसीको अघिल्लो दिन देखि नै मेलामा हजारौ श्रद्धालुहरुको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
वाल्मीकि ऋषिको तपोभूमि त्रिवेणीधाममा माघे आँैसीमा स्नान गरेर दान पुन्य गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । माघें आँैसीको अघिल्लो दिन विहिवार यहाँका मठमन्दिरमा रातभर जाग्राम बस्ने, शुक्रवार स्नानपछि पूजाआजा र दान गर्ने चलन सदियौं पुरानो चलन हो ।
भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान र पूजापाठका लागि आउने गर्छन् । तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।
शुक्रबार माघेऔँसी भएपनि बुधबार देखि भक्तजन आएको गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसलालले बताउनु भयो । “मेलामा आउने भक्तजनका लागि सडकबत्ती, पिउने पानी, र प्राथमिक उपचारको व्यवस्था मिलाएको छ”,उहाँले भन्नु भयो ।