हुप्सेकोट गाउँपालिकामा ५१ करोड ७८ लाख बजेट पारित


विष्णुप्रसाद गौडेल, १२ असार
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा आगामि आर्थिक वर्षका लागि ५१ करोड ७८ लाख ८४ हजार रुपौयाँ बरावरको बजेट पारित गर्दै गाउँ सभा सम्पन्न भएको छ ।
गाउँसभाको दोस्रो अधिवेशनको तेस्रो बैठकले सर्वसम्मत रुपमा आगामि आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ७८ लाख ८४ हजार रुपौयाँ बराबरको बजेट पारित गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले घोषणा गर्नु भएको हो ।
कूल बजेट मध्य सवै भन्दा धेरै सामाजिक विकास तर्फ २५ करोड ९९ लाख ७० हजार रुपौयाँ विनियोजन गरिएको छ । त्यसैगरी शिक्षा तर्फ २० करोड नौ लाख ५४ हजार बजेट व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
गाउँपालिकाको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनि खर्च तर्फ १६ करोड ९१ लाख २६ हजार विनियोजन गरिएको छ ।
“त्यसैगरी पूर्वाधार विकास तर्फ ११ करोड ३१ लख पाँच हजार, यातायात पूर्वाधार तर्फ आठ करोड ४५ लाख ३० हजार, आर्थिक विकास तर्फ तीन करोड ६० लाख ५० हजार, सहरी विकास तर्फ दुई करोड ४६ लाख ७५ हजार, कृषि तर्फ दुई करोड २९ लाख ६२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ दुई करोड ४१ लख ९६ हजार, खानेपानी तथा सरसफाई तर्फ एक करोड ९२ लाख रकम विनियोजन गरिएको छ” अध्यक्ष पाण्डेले भन्नु भयो ।


बजेटको अनुमानित आय अन्तर्गत संघिय सरकार समानीकरण शिर्षकबाट नौ करोड ७६ लाख, प्रदेश सरकार समानीकरण वाट एक करोड २५ लाख ९४ हजार, संघीय समपूरक अनुदान ६० लाख, संघीय विशेष अनुदान एक करोड ८० लाख, प्रदेश सशर्त अनुदान २५ लाख, प्रदेश समपूरक अनुदान ५० लाख, प्रदेश विशेष अनुदान २५ लाख, संघीय राजश्व बाँडफाँड नौ करोड ५६ लाख ४४ हजार छ सय, प्रदेश राजश्व बाँडफाँड ८२ लाख ४४ हजार, स्थानीय राजश्व बाँडफाँड तीन करोड ३७ लाख दुई हजार, आन्तरिक श्रोत एक करोड, गत आर्थिक वर्षको नगद मौज्दात दुई करोड गरि कुल ५१ करोड ७८ लाख ८४ हजार छ सय रुपौयाँ बरावरको आय अनुमान गरिएको उपाध्यक्ष पूर्ण सिंह रानाले बताउनु भयो ।


कूल बजेटको खर्च शिर्षक अन्तर्गत गाउँपालिकाबाट बिनियोजन गरिने कूल रकम २७ करोड ७८ लाख ८४ हजार, संघीय सरकार ससर्त अनुदान २० करोड ६१ लाख, संघीय सरकार समपूरक अनुदान ६० लाख, संघीय सरकार विशेष अनुदान एक करोड ८० लाख, प्रदेश सरकार ससर्त अनुदान २५ लाख, प्रदेश सरकार समपूरक अनुदान ५० लाख, प्रदेश सरकार विशेष अनुदान २५ लाख गरि कुल ५१ करोड ७८ लाख ८४ हजार रुपौयाँ खर्च अनुमान गरिएको छ ।

प्रतिक्रिया