हुप्सेकोट गाउँपालिकामा लागुपदार्थ दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न


हुप्सेकोट गाउँपालिका वडा नम्वर १ मा लागुपदार्थ दुर्व्यसन विरुद्ध एकजुट भएर अभियान सञ्चालन गर्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
हुप्सेकोट गाउँपालिका वडा नम्वर १ मा अन्तराष्ट्रिय लागु पदार्थ नियन्त्रण दिवसको अवसरमा आयोजित लागुपदार्थ दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रममा जनप्रतिनिधि सहित स्थानीय सरोकारवालाहरुले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान सञ्चालन गर्ने जनाइएको छ ।
वडा नम्वर १ को जुकेपानी क्षेत्रलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने हुप्सेकोट गाउँपालिका १ का वडा अध्यक्ष प्रेम बहादुर घर्तीले बताउनु भयो । वडा नम्वर १ मा लागुपदार्थ दुव्र्यसनको नियन्त्रणका लागि ठोश कार्ययोजना वनाएर अगाडि वढिने वडा अध्यक्ष घर्तीले बताउनु भयो ।
त्यसैगरी नवजिवन पूर्नस्थापना केन्द्र मध्यविन्दु ६ का संस्थापक केशव खत्रीले लागुऔषधको प्रयोग रोकथामका लागि समुदायका सवै नागरिकको समान भुमिका रहने बताउनु भयो । लौगुऔषध प्रयोग कर्तालाई अपराधी जस्तो व्यवहार गरिनाले सुधार हुन चाहाने प्रयोग कर्ता समाज देखि डराएको खत्रीले बताउनु भयो । नवजिवन पूर्नस्थापना केन्द्र मा अहिले विभिन्न उमेर समुहका व्यक्तिहरु सुधारका लागि आउने गर्नु भएकाले समाजमा जनचेतना संगै सहकार्यको आवश्यकता रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटा, खानेपानी तथा सरफाई शाखा प्रमुख गणेस बहादुर ठकुरी लगाएतकाले बोल्नु भएको थियो । हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा स्थानीय अभिभावक र युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया