छोरिहरुले सिकाय आमाहरुलाई प्याड बनाउने तरिका


अन्तर्राष्ट्रिय महिनावारी सरसफाई मे २८ आज बिश्व भर बिभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । दिवसको अवसरमा नवलपुर कावासोति ७ बोटे टोलका किशोरीहरुले भने आफ्नै आमाहरुलाई महिनावारी सरसफाईको महत्त्व र पुन प्रयोग योग्य प्याड बनाउन सिकायर यो दिवस मनायका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्ड सगको साझेदारीमा कावासोतिमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरी अभियन्ताहरुले सो तालिम सन्चालन गरेको सस्थाकि राधा बोटेले बताउनु भयो । समाजमा अझै पनि महिनावारीको बारेमा खुलेर कुरा नगर्ने, महिनावारि हुँदा सरसफाइ नगर्ने र प्याडको समेत प्रयोग नगरी फोहोर कपडाहरु प्रयोग गरिरहने भएकोले आफ्नै अभिभावकहरुलाई सफा कपडाबाट सजिलो तरिकाले प्याड बनाउन सिकायको किशोरी अभियन्ता सवनम सुनारले बताउनु भयो । वार्ड भित्रको पछाडि रहेको समुदाय स्तरमा यस्तो तालिमहरुले महिनावारी सरसफाईको बारेमा जान्ने र प्याड आफैले निर्माण गर्दा बाहिरको महगो प्याड समेत किन्न नपर्ने हुँदा पैसाको समेत बचत हुने किशोरी अभियन्ता निर्जला बोटेले बताउनु भयो । कार्यक्रममा सहभागीहरुले तालिमबाट महिनावारीको बारेमा थाहा भयको र अव स्वस्थ रहनको लागी सरसफाई नियमित गर्ने र सफा कपडाहरुबाट प्याड आफैले गरायर प्रयोग गर्ने सहभागी गङगा कुमारी बोटेले बताउनु भयो । कार्यक्रममा समुदाय स्तरका २५ जनाको सहभागिता रहेको थियो भने किशोरी अभियन्ताहरु सवनम सुनार, एलिसा पन्थी, निर्जला बोटेले गर्नु भएको थियो ।

प्रतिक्रिया