हुप्सेकोट मावि रुम्सीमा स्वास्थ्य शिविर सम्पन्न


९ जेठ, नवलपुर ।

नवलपुरको पहाडी भेग रुम्सीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ रुम्सी स्थित हुप्सेकोट माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो । पहाडी भेगका विद्यार्थीहरुलाई लक्षित गर्दै कावासोती ४ हासौरामा रहेको कुमारी निजि शैक्षिक गुठीले व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य परीक्षण कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइएको गुठीका योजना प्रमुख दिपलाल श्रेष्ठले बताउनु भयो । हुप्सेकोट माविका १ सय ५० जना विद्यार्थी र अन्य २० जना गरी करिब १ सय ७१ ज्नाको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका नविन पौडल र डाक्टर सूर्य वहादुर खाम्चा मगरले हात कसरी धुने र दाँत कसरी माझ्ने भन्ने बारेमा प्रयोगात्मकरुपबाट नै विद्यार्थीहरुलाई सिकाइएको थियो ।

स्वास्थ्य परीक्षण गर्दा अधिकाँश विद्यार्थीहरुको दाँतमा समस्या देखिएको डाक्टर खाम्चाले बताउनु भयो । हुप्सेकोट गाउँपालिका ४ स्थित रुम्सी गाउँ विकट पहाडी भेग हो । जहाँ स्वास्थ्य परीक्षणका लागि झ्यालबास एक घण्टाको अप््रारो बाटो पार गर्दै झर्न पर्ने बाध्यता छ । यस्तो अवस्थामा विद्यालयमा पुगेर निशुल्मरुपमा गुठीले बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेको प्रति विद्यालयद्धारा कृतज्ञता व्यक्त गरिएको छ । विद्यार्थीहरुलाई टुथ पेस्ट, टुथ ब्रश र साबुनका साथै बिरामीहरुलाई औषधी निः शुल्क बितरण गरेको छ ।

प्रतिक्रिया