भारतमा बिरामी बोकेर उडेको जहाजको पाङ्ग्रा बीचमै खस्यो, सकुशल अवतरण


मुम्बई – भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ । नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पाङ्ग्रा खसेको थियो ।

पाङ्ग्रा नै नभए पनि पाइलटले कुशलता देखाउँदै राति झण्डै सवा नौ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो ।

पाइलट र बिरामी सुरक्षित छन् । पाङ्ग्राबिनाको जहाजलाई सकुशल अवतरण गराएको भन्दै नागरिक उड्डयनमन्त्री हरदीप पुरीले पाइलटको प्रशंसा गरेका छन् । यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।

भारतकै मध्यप्रदेशको ग्वालियरमा कोरोनाका बिरामीको लागि रेम्डिसिभिर औषधि बोकेको जहाज धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको छ । विमानका दुई जना पाइलट घाइते भएको खबरमा उल्लेख छ । बीबीसी

प्रतिक्रिया