ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा गोली हानाहान, २५ जनाको मृत्यु


रियो दि जेनेरियो – ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बिहीबार भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो ।

रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा भएको प्रहरी अप्रेशनका क्रममा सो घटना भएको थियो । सो क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन सुरु गरिएको थियो ।

गोली हानहानका क्रममा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन् । घटनामा प्रहरी इन्स्पेक्टर आंद्रे लियोनार्डो दी मेलो फ्रायसको मृत्यु भएको छ । रियो दि जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरु मध्ये एक हो ।

यसका अधिकांश क्षेत्र अपराधीहरूको नियन्त्रणमा रहेका छन् । तीमध्ये धेरै क्षेत्रमा ड्रग्स तस्करी गर्ने समूहको प्रभाव छ । बीबीसी

प्रतिक्रिया