खाडी मुलुक जाने नेपालीको संख्या घट्यो,युरोप जाने बढे


काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट विभिन्न देशहरूमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । नेपालमा श्रमको उचित मूल्य नहुँदा दिनप्रति दिन नेपाल छाड्नेका सङ्ख्या बढेको हो ।

यसैबीच वैदेशिक रोजगार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो खाडी मुलुकमा जाने नेपालीको सङ्ख्यामा केही कमी आएको छ ।

गत वर्षको तुलनामा मलेसियाबाट कम सङ्ख्यामा माग आएको छ । मलेसियाबाट कम माग आएकाले रोजगारीका लागि जानेको सङ्ख्या घटेको हो । साउन र भदौमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत वर्षको तुलनामा ३२ हजारले घटेको छ ।

तर,युरोपेली मुलुकमा जानेको सङ्ख्या भने बढेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । माल्टा,पोल्यान्ड र रोमानियाजस्ता युरोपेली मुलुकमा जानेको सङ्ख्या बढ्दो रहेको तथ्याङ्कले जनाएको छ ।

पर्यटकीय भिसामा जानेको सङ्ख्या अझ बढी रहेको विभागका निर्देशक कविराज उप्रेतीको आङ्कलन छ । गत वर्षको साउन र भदौमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३९ हजार रहेकामा यस वर्षको साउन र भदौमा एक लाख ६ हजारमा सीमित भएको छ ।

सरकारले माल्टा, पोल्यान्डलगायत युरोपेली मुलुकसँग श्रम सम्झौता भने गरेको छैन ।

प्रतिक्रिया