नेपाली सबै मेरा मामा हुन् : बागेश्वर बाबा


मध्यविन्दु,२ भदौ ,
बागेश्वर धामका संरक्षक एवं बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र कृष्ण शास्त्रीले नेपाल आउँदा मामाघर आएको महशुस गरेको बताउनुभएको छ ।
आज नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा श्री हनुमान कथा सुरु गर्नुपूर्व उहाँले माता जानकीको माईत नेपाल रहेको प्रसंग उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई मामाको सम्बोधन गर्दै खुसी व्यक्त गर्नुभयो ।
जानकीको जन्मभूमिमा जन्म लिन पाउने शौभाग्य नेपालीलाई मिलेको बताउँदै उहाँले नेपाली भाग्यमानी रहेको बताउनुभयो । भगवानले समेत भारत छोडेर आउनु परेको तर्क गर्दै संयोग नै मान्नुपर्ने बताउँदै पशुपतीनाथ, मुक्तिनाथ, रघुनाथ र बागेश्वर नाथ यसले नेपालीबासीको सम्पूर्ण कुरा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल आउनुको श्रेय चौधरी परिवारलाई दिदैँ तीन दिवसिय कार्यक्रम अन्तर्गत पहिलो दिन साँझ ५ बजेदेखी श्री हनुमान कथा सुरु गर्नुभएको थियो ।


चौधरी गु्रपका निर्देशक बरुण चौधरीले स्वागत गर्दै धार्मिक ज्ञान आदान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले धार्मिक सहिष्णुता र एकअर्का धर्मप्रति उच्च सम्मान व्यक्त गर्दै सहि संस्कृति अवलम्बनमा जोड दिनुभयो ।
शाश्वतधामको ६ वर्षको अवधिमा ५० लाखले अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।
उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी गु्रपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आउनु भएको हो । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ ।
शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया