पूर्वी नवलपरासीमा डेंगी परीक्षण किट अभाव


बिष्णुप्रसाद गौडेल
नवलपरासी पूर्व, मध्यविन्दु, २९ भदौ (रासस)

पूर्वी नवलपरासीमा डेंगु रोगको परिक्षण किट अभाव भएको छ । देशभर डेंगुको संक्रमण बढिरहदा जिल्लामा पनि सक्रमणको जोखिम तिव्र छ तर परिक्षण किट नहुदा विरामीहरु अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिजृना भएको छ । मध्यविन्दु जिल्ला अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीका अनुसार पन्ध्र दिन देखि जिल्ला अस्पतालमा डेंगु रोग परिक्षणको किट अभाव भएको छ । डेंगु संग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु अस्पताल आएपनि परिक्षण गर्न नपाउदा अन्य अस्पतालमा परिक्षणको लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताउनुभयो । जिल्ला अस्पतालमा साउन र भदौ महिनामा गरी अहिलेसम्म ९ जना मात्रै डेंगुका विरामी फेला परेका छन । सुचना अधिकारी सुवेदीले भन्नुभयो “उच्च ज्वरोका विरामीहरु धेरै नै आउनुभएको छ तर परिक्षण किट अभावले डेंगु बाहेकको ज्वरोका अन्य कारणहरु पहिचान र परिक्षण गरी उपचार गरेका छौ।” संभावित विरामीहरुलाई नजिकको अस्पतालहरुमा परिक्षणको लागि पठाएर पनि उपचार गरेको सुवेदीले बताउनुभयो । डेंगु रोग परिक्षण किट नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराउने हो । पटक पटक प्रदेश सरकारसंग माग गरिएको भएपनि प्रदेश आपूर्ती व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको सुवेदीले जानकारी दिनुभयो । अहिले ओपिडिमा दैनिक २० जना डेंगुका संभावित विरामीहरु आउने गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. कमलराज न्यौपानेले बताउनुभयो । सेतो रगतको कमी वा गम्भिर विरामीहरुलाई मात्रै अस्पतालमा भर्ना गरेर उपचार गरेको भन्दै डा. न्यौपानेले भन्नुभयो “डेंगु किटको अभाव भएपनि अन्य अस्पतालमा परिक्षण गरेर रिपोट अनुसार उपचार गरेका छौ । अहिले दैनिक दुई जना डेंगुका विरामी भर्ना भएका छन । ” जिल्लाको सरकारी अस्पतालमा नै डेंगुको परीक्षण नहुँदा सेवाग्राहीले निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन । सुचना अधिकारी सुवेदीका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा डेंगुको मात्रै होइन स्क्रव टाइफसको परिक्षण किटको पनि अभाव रहेको छ । विमा वापतको विमितले प्राप्त गर्ने केहि औषधीहरुपनि अभाव रहेको भन्दै सुचना अधिकारी सुवेदिले भन्नुभयो“करिव दुइ महिना देखि जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेनको अभाव भएको र खरिद गर्ने अख्तियारी प्राप्त नहुदा पनि औषधीहरुको अभाव भएको हो अव एक हप्तामा यो समस्या समाधान हुनेछ । ”

प्रतिक्रिया