धान खेतमा पहेलो गबारो


नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा धान खेतमा पहेलो गबारोको प्रकोप देखिएको छ । गाउँपालिकाको वडा नम्वर १, ४,६ र ७ मा लगाइएको धान खेतमा पहेलो गबारोको प्रकोप देखिएको हो । बाला लाग्न लागेको धानमा पहेलो गबारोको प्रकोप देखिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक मनोज चापागाईले जानकारी दिनु भयो । वडा नम्वर १ मा नेपाल सरकारले सिफारीस नगरेको खुशि जातको धानमा वढि मात्रामा रोगको आक्रमण देखिएको जनाइएको छ । कृषकहरुले भारतीय वजारवाट खरिद गरि ल्याएको नेपालमा सिफारीस नगरिएको धानको जातमा वढि रोक देखापरेको कृषि प्राविधिकले जनाएका छन् । जेठको अन्ति साता रोपिएको धानमा पहेलो गबारोको प्रकोप देखिएको गाउँपालिका कृषि शाखाका मनोज चापागाईले जानकारी दिनु भयो । कृषकहरुले गबारो रोकथामका लागी प्रयास गरे पनि थप वढ्न थाले पछि गाउँपालिकालाई खबर गरेका छन् । पहेलो गबारको विस्तार वढ्दो देखिएकाले उत्पादनमा क्षती पुग्ने गाउँपालिकाले अनुमान गरेको छ । गाउँपालिकाले कृषकहरुलाई किटनाशक विषादी वितरण गरेको जनाएको छ । नवलरासी पूर्वको कावासोती नगरपालिका र गैडाकोट नगरपालिकामा धानमा गबारो रोग देखिए पनि विनयी त्रिवेणी गाउँपालिकामा वढि फैलिएको कृषी ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले जानकारी दिनु भयो ।


जिल्लाको कूल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । कूल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धानखेती हुँदै आएको प्रमुख लामिछानेले बताउनुभयो । “यहाँ खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धानखेती हुन सकेको छैन”, उहाँले भन्नुभयो, “धानबाहेक यहाँ मकै, व्यवसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेका छन् ।” लामिछानेका अनुसार गत वर्ष जिल्लामा २० हजार ५८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९४४ मेट्रिक टन धान उत्पादन भएको छ

 

प्रतिक्रिया